भारतीय नेतृत्वसँग विविध विषयमा छलफल गरी रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता

छानबिन न्यूज
पाठक संख्या 45
1 Min Read
Oplus_16908288

२२ जेठ,काठमाण्डाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गतेदेखि सुरु भएको आफ्नो भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएलगत्तै उनले आफ्नो भ्रमणका क्रममा नेपाल-भारतबीचको सीमा समस्या लगायत दुवै देशका आपसी सरोकार र प्राथमिकताका समग्र विषयहरूमा गहन छलफल भएको जानकारी दिएका छन्।

उक्त भ्रमणका सिलसिलामा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीन लगायतका उच्चस्तरीय भारतीय नेतृत्वसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै द्विपक्षीय हितका विविध पक्षमा संवाद गरेका थिए।

प्रतिक्रिया
शेयर