८ चैत,काठमाण्डाैं । संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयले हालै एक संयुक्त वक्तव्य जारी गर्दै होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमाथि भएका आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।
जसमा यूएईसहित बेलायत, फ्रान्स, जापान, र अष्ट्रेलिया जस्ता २२ शक्तिशाली राष्ट्रहरूले हस्ताक्षर गरेका छन्। इरानी सेनाले निहत्था व्यापारिक जहाज, तेल र ग्याससम्बन्धी नागरिक पूर्वाधारमा हमला गरी जलमार्गलाई लगभग अवरुद्ध पारेको दाबी गरिएको उक्त वक्तव्यमा समुद्री मार्गको स्वतन्त्रतालाई अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्तका रूपमा जोड दिइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका लागि युद्धपोत तैनाथ गर्न आह्वान गरिरहेका बेला, यी राष्ट्रहरूले इरानका यस्ता गतिविधिले विश्वभरका कमजोर समुदायमा गम्भीर असर पार्ने चेतावनी दिँदै सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक सहयोग र योजनामा जुट्ने प्रतिबद्धता समेत जनाएका छन्।
