चितवनको कालिकामा अटो दुर्घटना: चार जनाको मृत्यु, एक घाइते

छानबिन न्यूज
पाठक संख्या 145
1 Min Read

२३ फागुन,चितवन । चितवनको कालिका नगरपालिका-९ मा एउटा अटो रिक्सा अनियन्त्रित भई नालीमा खस्दा चार जनाको दुःखद मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा.प्र ०६-००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेहरूमा अटो चालक राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती-८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती-९ की २२ वर्षीया बिनी तामाङ र सोही ठाउँका ५५ वर्षीय तिलक तामाङ रहेका छन्, जसको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

सोही दुर्घटनामा राप्ती-९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छिन् र उनको हाल पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया
शेयर