पानीको विवादमा वीरगन्जमा दुई महिलामाथि निर्घात कुटपिट, तीन जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 15
1 Min Read

एसके. चाैरसिया
१५ जेठ,पर्सा । वीरगन्ज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित बजरंग हल नजिक बिहीबार बिहान पानी प्रयोग गर्ने विषयमा भएको सामान्य विवादले उग्र रूप लिँदा दुई जना महिलामाथि निर्घात कुटपिट भएको छ।

कुटपिटबाट स्थानीय बिन्दा देवी चौरसिया र बहुदरमाई-८ निवासी फुला कुमारी गम्भीर घाइते भएका छन्, जसमध्ये बिन्दा देवीको टाउकोमा ५ वटा र फुला कुमारीको टाउकोमा ७ वटा टाँका लगाइएको छ ।

दुवैको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनापछि स्थानीय क्षेत्रमा केही समय तनावको स्थिति सिर्जना भएको थियो भने सोही घटनामा संलग्न रहेको आरोपमा वडा प्रहरी कार्यालय श्रीपुरले स्थानीय ४४ वर्षीय रामायण पटेल, उनका २३ वर्षीय छोरा अमित पटेल र १८ वर्षीय राहुल पटेललाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर