बारामा एमालेको ‘लाल किल्ला’ फर्काउने उद्घोष: ४ वटै क्षेत्रमा प्रभावशाली नेताहरूको उत्साहजनक उम्मेदवारी दर्ता

छानबिन न्यूज
पाठक संख्या 309
2 Min Read

६ माघ,बारा ।  नेपाली राजनीतिको केन्द्रविन्दु मानिने मधेश प्रदेशको बारा जिल्लामा आगामी निर्वाचनका लागि नेकपा एमालेले आफ्ना प्रभावशाली र जनप्रिय नेताहरूलाई चुनावी मैदानमा उतार्दै जिल्लालाई पुनः ‘लाल किल्ला’ बनाउने संकल्पका साथ उत्साहपूर्वक मनोनयन दर्ता गराएको छ।

निर्वाचन आयोगको कार्यतालिका र आचारसंहिताको पूर्ण पालना गर्दै तामझामका साथ मनोनयन स्थल पुगेका एमाले उम्मेदवारहरूमध्ये निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका केन्द्रीय सदस्य एवं अनुभवी नेता अच्युत मैनाली, निर्वाचन क्षेत्र नम्बर २ बाट स्थानीय स्तरमा बलियो पकड भएका नेता बलबिर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ बाट मधेशकी निर्भीक छोरी, जनयुद्धकी नायक तथा पूर्वमन्त्री ज्वाला कुमारी साह र निर्वाचन क्षेत्र नम्बर ४ बाट जनताको ढुकढुकी, सर्वहारा वर्गका मसिहा एवं विकासप्रेमी नेताका रूपमा चिनिएका किसान श्रेष्ठले आ-आफ्नो उम्मेदवारी दर्ता गराएसँगै बाराको चुनावी माहौल पूर्ण रूपमा एमालेमय बनेको छ।

बाराका चारवटै निर्वाचन क्षेत्रको विगतको तथ्याङ्क र वर्तमान जनलहरको सुक्ष्म विश्लेषण गर्दा एमालेले यसपटक सङ्गठनात्मक शक्ति र लोकप्रिय उम्मेदवारहरूको संयोजनबाट ऐतिहासिक नतिजा निकाल्ने रणनीति लिएको देखिन्छ, जसमा क्षेत्र नं. १ मा मैनालीको विकासवादी छवि, क्षेत्र नं. २ मा चौधरीको भुइँतहको राजनीति, क्षेत्र नं. ३ मा साहको क्रान्तिकारी पहिचान र क्षेत्र नं. ४ मा श्रेष्ठको ‘जनजनको ढडकन’ बन्ने क्षमताले विपक्षी गठबन्धनलाई कडा चुनौती दिने निश्चित छ।

यसरी एउटै लय र एउटै उद्देश्यका साथ चुनावी कमाण्ड सम्हालेका यी सारथिहरूले बारा जिल्लालाई एमालेको अभेद्य गढ अर्थात् ‘लाल किल्ला’ का रूपमा पुनस्र्थापित गर्ने दाबी गरिरहँदा आम मतदातामा पनि विकास र समृद्धिको नयाँ आशा पलाएको छ, जसले गर्दा बाराका चारै क्षेत्रमा सूर्य चिह्नको पक्षमा एउटा शक्तिशाली राजनीतिक सन्देश प्रवाह भएको छ।

प्रतिक्रिया
शेयर