सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकोप्टर फेला: चालकसहित सबै यात्रु सकुशल

छानबिन न्यूज
पाठक संख्या 56
1 Min Read
Oplus_16908288

१३ चैत,काठमाण्डाैं । केही घण्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको नाइनएन-एएनओ हेलिकोप्टर दोलखाको अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण गरेको अवस्थामा भेटिएको छ।

लाप्चे जलविद्युत आयोजनाका सञ्चालक एवं स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का उपाध्यक्ष भरत खत्रीका अनुसार हेलिकोप्टरमा सवार पाइलट सुरज थापा क्षेत्री र अन्य ५ जना यात्रुहरू सबै पूर्ण रूपमा सकुशल रहेका छन्।

खराब मौसमका कारण सम्पर्कविहीन भएको आशंका गरिएको उक्त हेलिकोप्टर सुरक्षित फेला परेसँगै खोजी र उद्धारको अन्योल अन्त्य भएको छ।

प्रतिक्रिया
शेयर