बारा हत्याकाण्ड: तालिमप्राप्त कुकुर परिचालन गरी अनुसन्धान तीव्र, दोषीलाई कडा कारबाही गर्न किसान श्रेष्ठको माग

छानबिन न्यूज
पाठक संख्या 206
1 Min Read
Oplus_16908288

१४ माघ,बारा ।  बाराको परवानीपुर गाउँपालिका–१, रहरियाडिहमा बुधबार बिहान  अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी  छोराको विभत्स हत्या गरेकाे बारा प्रहरिले बताएकाे छ।

हत्या हुनेमा ५२ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन्।

​सोही साङ्घातिक आक्रमणमा परी परिवारका अन्य तीन सदस्य गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा मृतकका श्रीमान जगरुप मण्डल र छोरी रिना कुमारी रहेको बारा प्रहरीले जनाएको छ।

उनीहरूको हाल परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने चिकित्सकहरूका अनुसार घाइतेहरूको अवस्था अत्यन्तै गम्भीर रहेको छ।

​जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (DSP) विजयराज पाण्डेका अनुसार घटनालगत्तै प्रहरीले घटनास्थललाई सिल गरेको छ।

अपराधी पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर सूक्ष्म अनुसन्धानलाई तीव्रता दिइएको छ। यस हृदयविदारक घटनाले पुरै गाउँ अहिले शोकमा डुबेको छ।

​यसैबीच, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ४ का प्रत्यासी नेता कृष्ण कुमार श्रेष्ठ (किसान) ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेकाछन।

नेता श्रेष्ठले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै दोषीलाई तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न र घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न प्रशासनसँग माग गरेका छन।

Oplus_16908288
प्रतिक्रिया
शेयर