मिडिया हाउसका गेटमा शंकास्पद कार पार्किङ गरी आतंक सिर्जना गरिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति

छानबिन न्यूज
पाठक संख्या 44
1 Min Read
Oplus_16908288

२९ असार,काठमाण्डाैं ।  काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै बेवारिसे कार छाडेर आवतजावतमा अवरोध सिर्जना गरिएपछि महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गर्नुभएको छ ।

सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो घटना निन्दनीय र रहस्यमय भएको भन्दै महासंघले यसको तत्काल छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

 ती गाडीहरू हटाउनका लागि महासंघले अहिले सुरक्षा निकायसँग आवश्यक समन्वय गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

Oplus_16908288
प्रतिक्रिया
शेयर