२३ चैत,काठमाण्डाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमन गर्न, अस्पताल फार्मेसीमा औषधिको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र सञ्चालनमा ल्याउन र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गर्न समितिलाई कार्यादेश दिएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिएका छन्।
समितिलाई आगामी तीन महिनाभित्र बिरामीको उपचार इतिहास, ‘रिफरल’, पुनःसेवा र ‘क्लिनिकल फलोअप’ व्यवस्थित गर्न डिजिटल, एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली विकास गर्ने तथा अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रणका लागि स्पष्ट ‘रिफर प्रोटोकल’ लागू गर्ने जिम्मेवारी समेत तोकिएको छ।
उक्त समितिलाई आफ्नो कार्ययोजना र सुझावसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समयसीमा तोकिएको सूचना अधिकारी केसीले बताए।
