पारिवारिक विवादका कारण सर्लाहीमा एक युवकद्वारा आत्मदाहको प्रयास

छानबिन न्यूज
पाठक संख्या 39
1 Min Read
Oplus_16908288

२६ असार,बारा ।  सर्लाहीको गोडैता नगरपालिकामा पारिवारिक विवादका कारण एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। घटना लगत्तै मधेश प्रदेशका डीआईजी ओम अधिकारीले सो कुराको पुष्टि गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार युवकको अधिकांश शरीर जलिसकेको छ। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको छ।

युवकले घरभन्दा करिब २०० मिटर टाढा पुगेर सो आत्मघाती कदम चालेका हुन्। घटनाको प्रारम्भिक अनुसन्धानबाट घरायसी कलह नै यसको मुख्य कारण रहेको खुलेको छ।

उनले शरीरमा आगो लगाउने समयमा घरमा कोही पनि सदस्य उपस्थित थिएनन्। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको छ।फाइल फाेटाे

प्रतिक्रिया
शेयर