ईर्साद अन्सारी
५ जेठ,काठमाण्डाैं । सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमप्रति सांकेतिक विरोध जनाउँदै कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन् ।
नेपाल बार एसोसिएसनको नेतृत्वमा मंगलबार दिउँसो १ बजे बारको कार्यालय प्राङ्गणमा सत्य र न्यायको खोजीका लागि यो नौलो प्रदर्शन गरिएको हो ।
अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै एसोसिएसनको आइतबार बसेको बैठकले दिउँसै लालटिन बालेर विरोध गर्ने निर्णय गरेबमोजिम सर्वोच्च परिसरमा यो प्रदर्शन गरिएको हो ।
प्रतिक्रिया
