भेनेजुएलामा ४० सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, व्यापक क्षतिको आशंका

छानबिन न्यूज
पाठक संख्या 39
1 Min Read
Oplus_16908288

११ असार,काठमाण्डाै ।  दक्षिण अमेरिकी देश भेनेजुएलामा बुधबार स्थानीय समयअनुसार साँझ ६:४ बजे ४० सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका छन ।

,जसका कारण राजधानी कराकाससहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् र देशभरिका हजारौँ मानिस त्रसित हुँदै सडकमा निस्किएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार राजधानी कराकासको पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएका यी भूकम्पहरूका कारण व्यापक विनाश भएको र राष्ट्रिय बिदाको दिन परेकाले धेरै मानिस घरमै रहँदा मृतकको संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको प्रारम्भिक मूल्याङ्कन गरिएको छ ।

छिमेकी देश कोलम्बियाको राजधानी बोगाटासम्म धक्का महसुस गरिएको यस विपद्पछि भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले नागरिकलाई सावधान रहन र घरबाहिरै बस्न आग्रह गरेका छन् भने हाल प्रभावित क्षेत्रहरूमा तीव्र रूपमा उद्धार तथा खोजी कार्य जारी राखिएको छ ।

प्रतिक्रिया
शेयर