“कृषि र पूर्वाधार, समृद्ध कलैयाको आधार” नाराका साथ कलैया उपमहानगरपालिकाको १७औँ नगर सभा सुरु

छानबिन न्यूज
पाठक संख्या 26
1 Min Read
Oplus_16908288

१० असार,बारा ।  कृषि र पूर्वाधार, समृद्ध कलैयाको आधार” भन्ने मूल नाराका साथ कलैया उपमहानगरपालिकाको १७औँ नगर सभा होटल करणराजमा भव्य रूपमा सुरु भएको छ।

नगर प्रमुख विनोद साहको सभापतित्वमा सञ्चालित उक्त सभामा प्रमुख प्रशासकीय अधिकृत केशव कँडेलले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको प्रस्तावित बजेटसहितको नीति तथा कार्यक्रम वाचन गरेर प्रस्तुत गर्नुभएको छ।

उपमहानगरपालिकाका २७ वटै वडाका वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको पूर्ण सहभागिता रहेको उक्त उद्घाटन सत्रमा नगर प्रमुख साहले अपाङ्गता भएका पाँच जना व्यक्तिहरूलाई विद्युतीय ह्विलचियर (इलेक्ट्रिक ह्विलचियर) समेत प्रदान गर्नुभएको थियो।

oplus_32

नगरको समग्र विकास र समृद्धिको खाका कोर्ने उद्देश्य राखिएको यो नगर सभा हाल जारी रहेको छ।

oplus_0
प्रतिक्रिया
शेयर