२९ जेठ,काठमाण्डाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा बैठकमा सरकारमाथि उठेका प्रश्नहरूको प्रतिवाद र बचाउमा सभामुख स्वयं उत्रिनु अनुचित भएको टिप्पणी गरेका छन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय खेलका वास्तविक खेलाडी सांसदहरू नै भएको कुरा स्मरण गराउँदै सभामुख विपक्षी सांसदहरूसँग बहसमा उत्रिएको प्रति आपत्ति प्रकट गरेका छन ।
हालैका दिनहरूमा संसदमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो गम्भीर असन्तुष्टि बाहिर आएको हो ।
प्रतिक्रिया
