कडा सुरक्षा र नयाँ नियमका बीच देशभर एसईई सुरु

छानबिन न्यूज
पाठक संख्या 46
1 Min Read
Oplus_16908288

१९ चैत,बारा । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आज बिहान ८ बजेदेखि देशभरका १ हजार ९ सय ६६ केन्द्रहरूमा एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु गरेको छ, जसमा ५ लाख १२ हजार ४ सय २१ परीक्षार्थी सहभागी हुँदैछन्।

यसपटक छात्राको सङ्ख्या (२,५७,६१३) छात्रको भन्दा बढी रहेको छ भने जापानको एक केन्द्रबाट समेत २३ जनाले परीक्षा दिइरहेका छन्।

परीक्षालाई मर्यादित बनाउन सामूहिक अनुगमनमा रोक लगाउँदै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ भने सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरीसहित कर्मचारीहरूको विशेष टोली खटाइएको छ।

नयाँ निर्देशिकाअनुसार परीक्षा सम्पन्न भएको तीन दिनभित्रै सीसीटीभी जडान गरिएका सुरक्षित कक्षमा उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको छ, जसमा परीक्षकहरूलाई मोबाइल निषेध गरिएको छ भने लापर्वाही गर्नेमाथि विभागीय कारबाहीको समेत व्यवस्था गरिएको छ। यो परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया
शेयर