भारतीय सुरक्षाकर्मीको सुस्तामा गस्ती, स्थानीयद्वारा प्रतिकार

छानबिन न्यूज
पाठक संख्या 87
1 Min Read

२९ जेठ,बारा  ।  पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा हतियारसहित खोला तरेर नेपाली भूभागतर्फ प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवाल र स्थानीय बासिन्दाको टोलीले प्रतिकार गर्दै फिर्ता पठाएका छन् ।

केही दिनअघि मात्र नेपाली पक्षले बनाउँदै गरेको तटबन्ध निर्माण कार्यमा अवरोध पुर्‍याएका भारतीय सुरक्षाकर्मीहरू पुनः नेपाली क्षेत्रमा छिरेपछि सजग स्थानीयले आउनुको कारण सोध्दै सशक्त विरोध जनाएका थिए, जसका कारण अटेरी गर्न खोजेका सुरक्षाकर्मीहरू केही समयपछि पछि हट्न बाध्य भएका छन् ।

प्रतिक्रिया
शेयर