२० जेठ,बारा । महोत्तरीको सोनमा गाउँपालिका-३ खखना दक्षिणबारी टोलमा मंगलबार राति डकैती गर्न आएको समूहको प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन्।
५/६ जनाको संख्यामा आएका लुटेराहरूले स्थानीय रामविश्वास यादवको घरमा प्रवेश गरी लुटपाटको प्रयास गर्दा उनका २७ वर्षीय ज्वाइँ ईश्वर यादव र २२ वर्षीया छोरी किरण यादवले प्रतिकार गरेका थिए।
सोही क्रममा लुटेरा समूहले चलाएको गोली लागेर दुवै जना घाइते भएपछि उनीहरूलाई प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोले जानकारी दिए।
घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद गरेको छ भने फरार रहेका अज्ञात लुटेराहरूको खोजी कार्य तीव्र पार्दै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रतिक्रिया
