उदयपुर सिमेन्ट भ्रष्टाचार प्रकरण: पूर्वमहाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध ४६ करोडको मुद्दा दायर

छानबिन न्यूज
पाठक संख्या 179
1 Min Read
Oplus_16908288

१८ माघ,काठमाण्डाैं ।  उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कच्चा पदार्थ ‘क्लिङ्कर’ को मौज्दातमा करोडौँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षणमा ३८,७६९ मेट्रिक टन क्लिङ्कर कम पाइएपछि अख्तियारले अनुसन्धान थालेको थियो, जसमा कर्मचारीहरूको आपसी मिलेमतोमा ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानीनोक्सानी भएको ठहर गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महालेखा परीक्षकको प्रतिवेदनले क्लिङ्करको खपत बढी तर उत्पादन कम देखाएको आधारमा प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगले तत्कालीन महाप्रबन्धक पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२ रूपैयाँ र अन्य निमित्त महाप्रबन्धकहरू महेशप्रसाद काफ्ले र नवलकिशोर शाहका साथै उत्पादन, भण्डार, क्लिङ्कर तथा बिक्री विभागका प्रमुखहरू संजय कुमार लाल, महेशप्रसाद साह, रवीचन्द्र पौडेल, हरिप्रसाद अधिकारी र रामबहादुर जीसीसँग जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँसम्मको बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।

प्रतिक्रिया
शेयर