बारामा १ लाख ५० हजार मूल्य बराबरको अवैध कुखुराको चल्ला बरामद र नष्ट

छानबिन न्यूज
पाठक संख्या 26
1 Min Read
Oplus_16908288

बिकेन्द्र सुबेदी

१७ जेठ,बारा । ​ भारतबाट अवैध रूपमा ल्याइँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

आज बिहान अन्दाजी ०३:०० बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ०६ अमरपुरस्थित सीमा क्षेत्रमा टाउकोमा बोकेर अवैध रूपमा कुखुराका चल्ला ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी कचोर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) देव बहादुर बिष्टको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त सामग्री बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ चल्ला बोक्ने व्यक्तिहरू कार्टुन छाडेर भारततर्फ फरार भएका थिए ।

बरामद गरिएका ८८ कार्टुन कुखुराका चल्लालाई स्थानीय जनप्रतिनिधि र क्वारेन्टाइन अधिकृतको उपस्थितिमा मुचुल्का उठाई नष्ट गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) मिन बहादुर घलेले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

प्रतिक्रिया
शेयर