२२ बैसाख,काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन ।
सरकारले यसअघि पठाएको सोही अध्यादेशलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए तापनि सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः ‘जस्ताको तस्तै’ सिफारिस गरेपछि मंगलबार यो जारी भएको हो।
६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहने व्यवस्था भए पनि नयाँ अध्यादेशले ४ जना सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने र उपस्थित संख्याको बहुमतले निर्णय गर्न सक्ने खुकुलो प्रावधान ल्याएको छ।
प्रतिक्रिया
