नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय

छानबिन न्यूज
पाठक संख्या 79
1 Min Read
Oplus_16908288

बिकेन्द्र सुबेदी

४ जेठ,बारा ।  नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ।

सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले बैठकमा अन्य विविध विषयमा छलफल भए पनि निर्णय हुन बाँकी रहेको र अर्को बैठक जेठ ८ गते बस्ने बताए।

हिजो मात्र मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाइएकी भण्डारीले एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी गतिविधि अगाडि बढाएपछि, गत वर्ष साउन पहिलो साता एमाले अध्यक्ष ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल लगायतको साथमा उनको सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए।

प्रतिक्रिया
शेयर