१९ चैत,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति एवं काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद डीपी अर्याललाई प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
चैत २२ गते आइतबार हुने सभामुखको निर्वाचनका लागि बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
निर्वाचनको तालिका सार्वजनिक भइसकेको अवस्थामा सभापति रवि लामिछानेले राखेकाे प्रस्तावलाई बैठकले अनुमोदन गरेसँगै अर्यालले रास्वपाको तर्फबाट प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
प्रतिक्रिया
