प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्क्याउने खड्कालाई कारबाही गर्न निर्देशन

छानबिन न्यूज
पाठक संख्या 25
1 Min Read
Oplus_16908288

२ जेठ,बारा ।  दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस घटनाबारे गम्भीर चासो राखेको छ।

सोही सन्दर्भमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै वडा सचिवलाई धम्काउने प्रकाश खड्कालाई तत्काल कारबाही गर्न सुरक्षा एवम् अनुसन्धान निकायलाई निर्देशन दिएका छन्।

उक्त विज्ञप्तिमा कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै मुलुकमा सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गैरकानुनी गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको समेत प्रष्ट पारिएको छ।

प्रतिक्रिया
शेयर