शैक्षिक परामर्श केन्द्रका नाममा ठगी: ६९ सञ्चालक पक्राउ, पीडितलाई प्रहरीको सम्पर्कमा आउन आग्रह

छानबिन न्यूज
पाठक संख्या 55
1 Min Read
Oplus_16908288

१ बैसाख,काठमाण्डाैं ।  उच्च शिक्षाका लागि विदेश पठाइदिने बहानामा ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेर ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ ।

मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी, तथा बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण जस्ता सेवा प्रदान गर्दै शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

साथै, त्यस्ता शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका सर्वसाधारणहरूलाई यथाशीघ्र सम्पर्क राख्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया
शेयर