ओमानविरुद्ध नेपालको सानदार बदला: गुलशनको ‘पञ्जा’ र आसिफको कीर्तिमानी ब्याटिङले नेपाल ८१ रनले विजयी

छानबिन न्यूज
पाठक संख्या 38
1 Min Read
Oplus_16908288

२२ बैसाख,काठमाण्डाैं   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग २ को रोमाञ्चक भिडन्तमा नेपालले ओमानमाथि ८१ रनको सानदार जित निकाल्दै अघिल्लो हारको बदला लिएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि ओपनर आसिफ शेखले ९४ रनको उत्कृष्ट इनिङ्स खेल्दै बलियो जग बसाले भने अन्तिम ओभरमा आरिफ शेखले लगातार तीन छक्का प्रहार गर्दै टोलीको योगफल २५६ रन पुर्‍याए, जसमा अर्जुन कुमालको ४८ र दीपेन्द्र सिंह ऐरीको ३३ रनको महत्त्वपूर्ण योगदान रह्यो।

२५७ रनको लक्ष्य पछ्याएको ओमानलाई १७५ रनमै समेट्न नेपालका युवा तीव्र गतिका बलर गुलशन झा घातक सावित भए, जसले एक्लै ५ विकेट लिएर ओमानको ब्याटिङ लाइनअप ध्वस्त पारे।

दीपेन्द्र, करण, नन्दन र सन्दीपले थप एक–एक विकेट लिएपछि ओमान ३९.५ ओभरमै अलआउट हुन पुग्यो, जसले घरेलु दर्शकमाझ नेपाललाई एक अविस्मरणीय र सानदार जित दिलायो।

प्रतिक्रिया
शेयर