१३ चैत,काठमाण्डाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयलाई ‘कुटिल र षडयन्त्रपूर्ण’ भन्दै कडा आपत्ति जनाएका छन्।
फेसबुकमा एक स्टाटस लेख्दै बस्नेतले सुरक्षाकर्मी र तत्कालीन राजनीतिक नेतृत्वका हकमा फरक-फरक मापदण्ड अपनाइनु न्यायसंगत नभएको उल्लेख गर्दै यदि सरकारले यसको आडमा राजनीतिक बदला लिन खोजेमा त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
भदौ २३ र २४ का घटनाहरूमा बालबालिका प्रयोग गर्ने र उपद्रो मच्चाउनेहरू नै हाल सत्ताको उच्च तहमा पुगेको टिप्पणी गर्दै उनले सबै पक्षमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राखेका छन्।
सन्देहास्पद गैरसरकारी संस्थाहरूको रकम आपराधिक गतिविधिमा प्रयोग भएको आशंका गर्दै बस्नेतले शक्तिको आडमा गरिने पूर्वाग्रहपूर्ण कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम रहेको दाबी समेत गरेका छन्।
