२१ बैसाख,काठमाण्डाैं । अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ।
विभागको टोलीले हेटौंडाको सानोपोखरास्थित उनको निजी निवास र बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालयमा छापा मारी आवश्यक कागजातहरू नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार काठमाडौंको नक्साल र सुन्धारामा रहेका उनका ठेगानाहरूमा पनि खानतलासी गरिएको छ। केही वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय रहेका बानियाँको हाल पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा ठूलो लगानी रहेको छ।
प्रतिक्रिया
