इरानका सर्वोच्च नेता खामेनेईको हत्याको खबरले कराँचीमा हिंसात्मक झडप, ८ जनाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 88
1 Min Read

१७ फागुन,काठमाण्डाैं ।  इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा मृत्यु भएको खबर सार्वजनिक भएपछि पाकिस्तानको कराँचीमा सुरु भएको प्रदर्शन हिंसात्मक बन्दा ८ जनाको मृत्यु भएको छ।

आइतबार कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासतर्फ मार्च गरिरहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच माई कोलाची रोडमा भीषण झडप हुँदा ठुलो संख्यामा मानिसहरू घाइते भएका छन् भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सिभिल अस्पताल भर्ना गरिएको छ।

सन् १९८९ देखि इरानको नेतृत्व सम्हाल्दै आएका खामेनेईको निधनको आक्रोशमा प्रदर्शनकारीहरूले दूतावासको नियन्त्रित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र लाठीचार्ज गरेको थियो।

यस घटनालाई लिएर सिन्धका गृहमन्त्री जियाउल हसन लांजरले प्रहरी प्रशासनसँग विस्तृत प्रतिवेदन माग गर्दै सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया
शेयर