झगडा छुट्याउन गएका विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि सामूहिक आक्रमण, दुई युवक पक्राउ

छानबिन न्यूज
पाठक संख्या 98
1 Min Read

सञ्जय  मिश्र

५ बैसाख,कटहरिया । रौतहटको कटहरिया नगरपालिका–५ स्थित धनलक्ष्मी प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ५० वर्षीय दिनानाथ साह कलवारमाथि शुक्रबार साँझ युवाहरूको एक समूहले निर्घात कुटपिट गरेको छ।

बजारबाट घर फर्किने क्रममा स्थानीय विवाह भवन अगाडि युवाहरूबीच भइरहेको सामान्य भनाभन छुट्याउन खोज्दा उनीमाथि सामूहिक आक्रमण भएको हो, जसका कारण उनको टाउकोमा गम्भीर चोट लागेर ५ वटा टाँका लगाउनुका साथै आँखामा समेत क्षति पुगेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २२ वर्षीय आरएन अधिकारी र २० वर्षीय सतिश साहलाई पक्राउ गरी थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको छ भने अन्य दुई फरार अभियुक्तको खोजी भइरहेको छ।

गाँजा–रक्सी सेवन गर्ने, मोटरसाइकल आतंक मच्चाउने र महिलामाथि दुर्व्यवहार गर्ने जस्ता गतिविधिमा संलग्न सोही समूहले यसअघि पनि विवाह समारोहमा जन्ती कुट्ने र धम्की दिने गरेको स्थानीयको गुनासो छ भने डीएसपी ओमप्रकाश आचार्यले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया
शेयर