कलैयाको मटिअर्वा गण्डक चोकदेखि भन्सारसम्मका अवैध संरचनामा डोजर चल्यो

छानबिन न्यूज
पाठक संख्या 23
0 Min Read
Oplus_16908288

१९ बैसाख,बारा । कलैया उपमहानगरपालिका-१० स्थित मानमत-मटिअर्वा सडकखण्ड अन्तर्गत मटिअर्वा गण्डक चोकदेखि भन्सारसम्मको सडक सीमा मिचेर बनाइएका अवैध घर टहराहरूमा उपमहानगरपालिकाले डोजर चलाएर भत्काउन सुरु गरेको छ।

सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिँदै वडा नम्बर १० का वडा अध्यक्ष महम्मद मिया ठकुराईले सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत यो कदम चालिएको बताएका छन ।

प्रतिक्रिया
शेयर