राजु अर्यालको अवकाशपछि सशस्त्र प्रहरीको नेतृत्वमा पौडेल

छानबिन न्यूज
पाठक संख्या 22
1 Min Read
Oplus_16908288

१४ बैसाख,काठमाण्डाैं । मन्त्रिपरिषद्को सोमबारको बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

वर्तमान आईजीपी राजु अर्यालले चार वर्षे पदावधि पूरा गरी आगामी वैशाख १८ गते अवकाश पाउने भएपछि सरकारले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई संगठनको कमान्ड सुम्पने निर्णय गरेको हो।

नेपाल प्रहरीको १११ औँ टोलीका अधिकृत रहेका पौडेल २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा समायोजित भएका थिए र एआईजी तथा डीआईजी बढुवामा कायम गरेको ज्येष्ठताका आधारमा उनले बंशीराज दाहाललाई पछि पार्दै नेतृत्वको अवसर पाएका हुन्।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम ज्येष्ठता, कार्यकुशलता र नेतृत्व क्षमताका आधारमा नियुक्त पौडेलको कार्यकाल वैशाख १९ बाट विधिवत् रूपमा सुरु हुनेछ।

प्रतिक्रिया
शेयर