१९ चैत,काठमाण्डाैं । बुधबार लखनऊको इकाना स्टेडियममा भएको रोमान्चक खेलमा लुंगी एनगिडी र टी नटराजनको घातक बलिङका साथै समीर रिजवी र ट्रिस्टन स्टब्सको सानदार साझेदारीको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै आईपीएल २०२६ मा सुखद सुरुआत गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊले दिल्लीका बलरहरूको कसिलो बलिङसामु टिक्न नसकी १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो, जसमा अब्दुल समदले सर्वाधिक ३६ र मिचेल मार्शले ३५ रन जोडे भने दिल्लीका एनगिडी र नटराजनले समान ३–३ विकेट लिए।
१४२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा २६ रनमै ४ विकेट गुमाएर संकटमा परेको दिल्लीलाई समीर रिजवीको अविजित ७० रन र ट्रिस्टन स्टब्सको ३९ रनको बीचमा भएको ११९ रनको अविजित शतकीय साझेदारीले १७.१ ओभरमै जितको सङ्घारमा पुर्यायो।
यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित लखनऊ पुछारका टोलीहरूको सूचीमा समेटिएको छ।
