दोहोरो नागरिकताका आरोपी पक्राउ गर्न प्रहरीको बेवास्ता, पुर्जी जारी भएको एक महिनासम्म प्रतिवादी फरार

छानबिन न्यूज
पाठक संख्या 188
1 Min Read

६ बैसाख,बारा । झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको अभियोगमा बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका महागढीमाई नगरपालिका–१ का प्रवेश कुमार क्षेत्रीलाई प्रहरीले एक महिना बितिसक्दा पनि पक्राउ गर्न सकेको छैन ।

भारतको उत्तर प्रदेश, वाराणसी स्थायी घर भई हाल बाराको बरियारपुर बस्ने गौरीशंकर क्षेत्रीका छोरा प्रवेश विरुद्ध प्रमोद कुमार चौरसियाको जाहेरीले नेपाल सरकार वादी भई दोहोरो नागरिकता सम्बन्धी मुद्दा दायर भएकोमा अदालतले गत चैत ६ गते नै पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराले सोही दिन चलानी नम्बर १११८३ को पत्रमार्फत प्रहरी चौकी बरियारपुरलाई प्रतिवादीलाई तत्काल पक्राउ गरी बुझाउन निर्देशन दिए पनि प्रहरीको फितलो सक्रियताका कारण आरोपी अझै कानुनी दायरामा आएका छैनन्, जसले गर्दा अनुसन्धान प्रक्रिया नै प्रभावित बनेको छ ।

प्रतिक्रिया
शेयर