बेपत्ता भएका कटहरियाका तीन बालक दुई दिनपछि गौरमा सकुशल फेला

छानबिन न्यूज
पाठक संख्या 22
1 Min Read
Oplus_16908288

३० बैसाख,बारा ।  रौतहटको कटहरिया बजारस्थित त्रीशक्ति बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग सोमबारदेखि सम्पर्कविहीन भएकोमा अन्ततः बुधबार दिउँसो गौर बसपार्कमा सकुशल फेला परेका छन्।

विद्यालयबाट घर फर्किएर खेल्न जाने भन्दै निस्किएका उनीहरू नफर्किएपछि चिन्तित बनेका परिवार र प्रहरीले खोजी कार्य तीव्र पारेकै अवस्थामा एक आफन्तले उनीहरूलाई गौरमा फेला पारेका हुन्।

फेला परेपछि ती बालकहरूले आफूहरू कसैको प्रलोभन वा अपहरणमा नपरी स्वेच्छाले नै सीमावर्ती भारतीय बजार बैरगनिया घुम्न गएको र दुई रात त्यहाँकै रेलवे स्टेसनमा बिताएको बताएका छन्।

एकैपटक तीन बालक बेपत्ता हुँदा कटहरिया क्षेत्रमा फैलिएको त्रास र चिन्ता उनीहरू सकुशल भेटिएसँगै राहतमा परिणत भएको छ।

प्रतिक्रिया
शेयर