शंकर ग्रुपमाथि सम्पत्ति शुद्धीकरणको फन्दा: अध्यक्षपछि सुलभ अग्रवाल पनि पक्राउ

छानबिन न्यूज
पाठक संख्या 97
1 Min Read
Oplus_16908288

२२ चैत,काठमा्ण्डाैं । नेपाली व्यावसायिक घराना शंकर ग्रुपमाथि कानुनी सञ्जाल कसिँदै जाँदा दीपक भट्टको पक्राउलगत्तै सुरु भएको अनुसन्धानका क्रममा ग्रुपका अध्यक्ष शंकर अग्रवालपछि उनका छोरा सुलभ अग्रवाल पनि आइतबार पक्राउ परेका छन्।

जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका सुलभलाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएको हो भने यसअघि शुक्रबार राति उनका पिता शंकर अग्रवाल समातिएका थिए। सोही समूहका अर्का सदस्य शाहिल अग्रवालसमेत अहिले अनुसन्धानको घेरामा तानिएका छन् ।

जसले शंकर ग्रुपका मुख्य सञ्चालकहरूमाथि सम्पत्ति शुद्धीकरण र अन्य वित्तीय अनियमितताको गम्भीर छानबिन भइरहेको संकेत गरेको छ।

प्रतिक्रिया
शेयर