इरान-इजरायल तनावको बीचमा समातिएका जहाज क्याप्टेन झा अन्ततः मुक्त

छानबिन न्यूज
पाठक संख्या 35
1 Min Read
Oplus_16908288

२ बैसाख,काठमाण्डाैं । दुबईको ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ मा जहाज क्याप्टेनको रूपमा कार्यरत नेपाली युवा अमृत झालाई इरानले आज (बुधबार) रिहा गरेको छ।

वैदेशिक रोजगारीका लागि दुई वर्षअघि दुबई गएका झा इजरायल, अमेरिका र इरानबीच तनाव बढ्नुअघि इन्धन लिन इरान पुगेका थिए ।

 तेल लिएर दुबई फर्किने क्रममा उनीसहित केही भारतीय नागरिकलाई इरानी पक्षले नियन्त्रणमा लिएको थियो।

परराष्ट्रमन्त्री शिशिर खनालले इरानस्थित कन्सुलरसँगको समन्वयपछि झाको रिहाइ भएको पुष्टि गर्दै परिवारलाई समेत यसबारे जानकारी गराइएको बताएका छन ।

 उनका भिनाजु राजेश झाले पनि सरकारी अधिकारीहरूबाट रिहाइको खबर प्राप्त भएको जानकारी दिएका छन ।

प्रतिक्रिया
शेयर