मधेशमा पुराना दललाई रास्वपाको चुनौती: ३२ वटै क्षेत्रमा क्लिन स्विप गर्ने खतराले अन्य दलमा हलचल

छानबिन न्यूज
पाठक संख्या 108
1 Min Read

२२ फागुन,बारा ।  ​मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत

परिणामले   स्थापित पुराना राजनीतिक दलहरूमाथि ‘क्लिन स्विप’ हुने ठूलो खतरा सिर्जना गरिदिएको छ।

आजकाे जनताको बदलिँदो मनोविज्ञान र नयाँ शक्तिप्रतिको आकर्षणका कारण मधेशका परम्परागत शक्तिहरू रक्षात्मक अवस्थामा पुगेका छन् ।

 रास्वपा सबैभन्दा अगाडि देखिएर चुनावी समीकरण नै उथलपुथल पार्ने संकेत देखिएको छ।

पुराना दलहरूले आफ्नो विरासत जोगाउन संघर्ष गरिरहँदा रास्वपाको यो आक्रामक उपस्थितिले जुन मतगणनाले संकेत गरेकाे छ त्यसले मधेशको राजनीतिमा ऐतिहासिक फेरबदल ल्याउन सक्ने र स्थापित नेतृत्वलाई विस्थापित गर्न सक्ने आकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ।

प्रतिक्रिया
शेयर