२१ चैत, बारा । चितवनको भरतपुर महानगरपालिका–१ स्थित आँपटारीचोकमा शनिबार तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बलेरो एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटोसमेत बलेरोको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा परी बसमा सवार १४ जना र अटोचालक एक गरी जम्मा १५ जना घाइते भएका छन् भने घाइतेहरूमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेशनल सिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
