विज्ञापन सम्बन्धी सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको तीनदिने अल्टिमेटम

छानबिन न्यूज
पाठक संख्या 135
1 Min Read
Oplus_16908288

२० चैत,बारा । सरकारी विज्ञापन र सूचनाहरू केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाउँदै सो निर्णय सच्चाउन तीनदिने अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत सरकारी सञ्चारमाध्यममा मात्र सूचना दिने गरी जारी गरेको परिपत्रको विरोधमा शुक्रबार (चैत २०) काठमाडौंमा सरोकारवालाहरूसँग आयोजित छलफलमा महासंघले यस्तो निर्णय गरेको हो ।

उक्त कदमलाई विभेदकारी भन्दै तत्काल फिर्ता लिन माग गरिएको उक्त कार्यक्रममा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारी निर्णयले निजी सञ्चारमाध्यमहरूलाई ठूलो समस्यामा पार्ने भएकाले यो निर्णय अविलम्ब सच्याउनुपर्नेमा जोड दिइन् ।

साथै, महासंघले यो समस्या समाधानका लागि अल्टिमेटमसँगै वार्ताको प्रक्रियालाई पनि सँगसँगै अघि बढाउने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया
शेयर