१८ बैसाख,बारा । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावलाई मध्यनजर गर्दै इन्धनको मूल्यमा समायोजन गरेको छ ।
जसअनुसार पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँले मूल्य घटाएसँगै काठमाडौं लगायतका तेस्रो वर्गका सहरहरूमा पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ ।
अर्कोतर्फ उपभोक्ताको भान्सामा प्रयोग हुने एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरिएको छ ।
प्रतिक्रिया
