नारामा होइन व्यवहारमा परिवर्तन: साइकल चढेर सिंहदरबार छिरेका ‘आशिष’

छानबिन न्यूज
पाठक संख्या 62
1 Min Read
Oplus_16908288

१९ चैत,बारा । सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सार्वजनिक यातायात पूर्वाधार विज्ञ आशिष गजुरेलको संसद् यात्रा यतिबेला चर्चाको विषय बनेको छ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा आयोजना गरिएको प्रतिनिधिसभाको बैठकमा सहभागी हुन उनी कुनै विलासी गाडीमा नभई आफ्नै ‘माउन्टेन बाइक’ (साइकल) चढेर बैठकस्थल पुगेका हुन्।

यातायात पूर्वाधारका विज्ञसमेत रहेका उनले संसद् भवन छिर्दा देखाएको यो सादगी र वातावरणीय चेतले सबैको ध्यान खिचेको छ।

प्रतिक्रिया
शेयर