एमाले नेता महेश बस्नेतविरुद्धको जबरजस्ती करणी सम्बन्धी रिट उच्च अदालतद्वारा खारेज

छानबिन न्यूज
पाठक संख्या 120
1 Min Read
Oplus_16908288

१८ चैत,काठमाण्डाैं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको जबरजस्ती करणी सम्बन्धी रिटलाई उच्च अदालत पाटनले खारेज गरिदिएको छ।

पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्, तर प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो।

सरकारी वकिलको उक्त निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पुनरावेदन गरे तापनि न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको दाबी नपुग्ने ठहर गर्दै रिट खारेज गरिदिएको हो।

उच्च अदालतको यो फैसलासँगै जिल्ला सरकारी वकिल कार्यालयको निर्णय सदर भएको छ र बस्नेतविरुद्ध लागेको आरोपले कानुनी रूपमा सफाइ पाएको छ।

प्रतिक्रिया
शेयर