निजगढमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 103
1 Min Read

१८ चैत,बारा । बाराको निजगढमा बुधबार दिउँसो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.०२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गुडिरहेको बागमती प्र.०३–००४प ३६६१ नम्बरको मोटरसाइकल ठोक्किएर सो दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूमा ९८२४ नम्बरको मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र ३६६१ नम्बरको मोटरसाइकल चालक निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको भए तापनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।

प्रतिक्रिया
शेयर