नेपाली कांग्रेसद्वारा समानान्तर गतिविधि गर्ने समूहलाई कारबाहीको चेतावनी

छानबिन न्यूज
पाठक संख्या 48
1 Min Read
Oplus_16908288

१८ चैत,काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्ने र अनधिकृत वक्तव्यबाजी गर्ने समूहलाई कडा शब्दमा सचेत गराउँदै अब उप्रान्त यस्ता क्रियाकलाप जारी रहे विधान बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी दाबी गर्दै वक्तव्य जारी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनुशासन समितिका संयोजक तारामान गुरुङले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रम फैलाउने गरी भएका ती कार्य गलत भएको ठहर गरिएको जानकारी दिएका छन् ।

विशेषगरी पार्टीको शेरबहादुर देउवा–शेखर कोइराला समूहले काठमाडौंमा भेला आयोजना गरी समानान्तर गतिविधि अघि बढाइरहेको सन्दर्भमा समितिले “अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानुन बमोजिम कारबाही अघि बढाइने” स्पष्ट पारेको छ ।

प्रतिक्रिया
शेयर