२८ फागुन,पाेखरा । पोखरामा आयोजित नेकपा एमालेको निर्वाचन समीक्षा बैठकमा सम्बोधन सकिनसाथ अकस्मात ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ।
एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार, बैठकमा आफ्नो मन्तव्य राखेर कुर्सीमा बस्नासाथ ढलेका थापालाई १० मिनेटभित्रै उपचारका लागि मणिपाल मेडिकल कलेज लगिएको भए पनि अस्पतालले भर्खरै उनलाई मृत घोषणा गरेको हो।
अस्पताल पुर्याउँदासम्म श्वासप्रश्वास सामान्य लागे पनि केही समयमै चिकित्सकले उनलाई बचाउन नसकिएको जानकारी दिएका थिए। फागुन २१ को चुनावका लागि कास्की-२ बाट सुरुमा उम्मेदवार सिफारिस गरिएका थापाकै प्रस्तावमा पछि रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको थियो।
प्रतिक्रिया
