रामेछाप सवारी दुर्घटना: मतदान अधिकृत र प्रहरी सहायक निरीक्षकको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 152
1 Min Read

१८ फागुन,रामेछाप । रामेछाप नगरपालिका-२ देउरालीतर्फ मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना हुँदा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको मृत्यु भएको छ।

रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने असई यादवको घटनास्थलमै ज्यान गएको थियो। उक्त दुखद दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

प्रतिक्रिया
शेयर