सिरहा जिल्ला अदालत अगाडि कुकर बम विस्फोट

छानबिन न्यूज
पाठक संख्या 96
1 Min Read

२७ फागुन,जनकपुरधाम । सिरहा जिल्ला अदालतको मुख्य ढोका अगाडि रहेको मधेश ल फर्ममा आज शक्तिशाली कुकर बम विस्फोट भएको छ ।

अदालत जस्तो संवेदनशील क्षेत्र नजिकै बम विस्फोट भएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने सुरक्षा निकायले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिसकेको छ ।

विस्फोटबाट भएको क्षतिको विस्तृत विवरण र घटनामा संलग्न समूहबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएकाले थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
शेयर