विकास र प्रशासनिक माग सम्बोधन नभएको भन्दै दार्चुलाका दुई मतदान केन्द्रमा चुनाव बहिष्कार

छानबिन न्यूज
पाठक संख्या 101
1 Min Read

२१ फागुन,दार्चुला ।  दार्चुलाको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि र अपिहिमाल गाउँपालिका–३ स्थित झुस्कु मतदान केन्द्रका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै यसपटकको निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेका छन्।

नौगाडका बासिन्दाले सडक पूर्वाधारको माग राख्दै ‘नो भोट’ अभियान चलाएका थिए भने अपिहिमालका स्थानीयले अपायक ठाउँमा रहेको वडा कार्यालयको पुनर्संरचना हुनुपर्ने अडान राखेका थिए।

प्रशासन र राजनीतिक दलहरूले मतदानका लागि गरेको पटक-पटकको आग्रह र छलफललाई समेत अस्वीकार गर्दै स्थानीय मतदानमा सहभागी नभएपछि प्रत्यक्षतर्फको मतपेटिका रित्तै फर्किएको छ।

ती केन्द्रहरूमा खटिएका कर्मचारीहरूले मात्र समानुपातिकतर्फ मतदान गरेका छन्, जसका कारण ६०२ मतदाता रहेको नागुमा ९ मत र ३४६ मतदाता रहेको झुस्कुमा मात्र ८ मत खसेको छ।

प्रतिक्रिया
शेयर