१० फागुन,गाैर । रौतहटको सदरमुकाम गौरमा फागुन ७ गतेदेखि भड्किएको हिंसाका कारण स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेपछि आज आइतबारका लागि तय गरिएका रौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित भएका छन्।
जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिका क्षेत्रमा हिँडडुल गर्न, भेला हुन र प्रदर्शन गर्न निषेध गरेसँगै अदालतले एक सूचना जारी गर्दै सेवा प्रवाहमा रोक लगाएको हो।
अदालतले कर्फ्यूका कारण सेवा अवरुद्ध भए पनि सेवाग्राहीको तारिख र म्याद नगुज्रिने स्पष्ट पारेको छ। हाल गौरमा स्थिति तनावपूर्ण रहेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अदालतका नियमित गतिविधिहरू प्रभावित हुन पुगेका हुन्।
प्रतिक्रिया
