१८ फागुन,बारा । रौतहटको राजपुर नगरपालिका-५ पानीटंकीस्थित राजपुरबाट अकोलवा जाने भित्री पक्की सडकको बीच भागम राति करिब साढे १ बजे फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।
फलामको ड्रमभित्र पहेँलो रङको प्लास्टिकको बोरामा राखिएको उक्त वस्तुको छेउमा ‘बम हो’ भनेर लेखिएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।
तर जाँचका क्रममा ड्रमभित्र माटो मात्र भरिएको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो।
त्रास फैलाउने उद्देश्यले राखिएको उक्त शंकास्पद वस्तुबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ र सर्वसाधारणलाई यस्ता वस्तु देखिएमा तुरुन्त खबर गर्न आग्रह समेत गरेको छ।
प्रतिक्रिया
